सेतीमदी सहकारीको रक्तदानमा ५१ पिन्ट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।

सहकारीको १४ औं स्थापना दिवससगंै १०२ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आज (शुक्रबार) कार्यालय परिसरमा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । शेयर सदस्य, कर्मचारीसगैं सर्वसाधारणले रक्तदान गरेका थिए ।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङलाई व्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन पछि तिवारीले सहकारीहरुले आर्थिक र सामाजिक क्षेत्रमा धेरै काम गरेको बताएका थिए । सामाजिक उत्तरदायीत्व अन्र्तगत सहकारीले रक्तदानको आयोजना गरेको उनले बताए । केही सहकारीले आर्थिक र वित्तिय अनुशासन कायम नगर्दा अन्य सहकारीलाई पनि अप्ठेरो परिरहेको उनले गुनासो गरे ।

रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले प्रत्येक मानिसको शरिरमा ७५ मिलिलिटर रगत रहने र त्यो मध्ये ५० मिलिलिटर मात्र शरिरका लागि आवश्य रहने बताएका थिए । स्वस्थ मानिसले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न सक्ने भनाई उनको थियो ।

यसै विच ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारीसंग सहकार्य गदै हस्पिटलले प्रदान गर्ने सेवामा सहकारीका सदस्यहरुलाई छुट दिने भएको छ । कार्यक्रममा हस्पिटलका चिकित्सक डा राम अधिकारीले हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुलाई छुट दिने जानकारी दिएका थिए ।

सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गंगा बहादुर गुरुङ, सल्लाहकार राम प्रसाद अधिकारी, सहकारीका सचिव शिवराज अधिकारी, रक्तदान कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सगै अन्य कामका बारेमा भनाई राखेका थिए ।
महानगर अन्र्तगत हाल तीन सय ६३ वटा सहकारी रहेका छन् ।

  • २१ असार २०८१, शुक्रबार १४:५० प्रकाशित