पोखरामा गएराती परेको वर्षाका कारण एक होस्टेलमा पूर्ण क्षति

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा वर्षाका कारण एक होस्टेलमा पूर्ण क्षति पुगेको छ ।

गएराती (असार २० गते) परेको अविरल वर्षातको कारण पोखरा महानगरपालिका वडा नम्बर १६ गैराबारीमा रहेको एक होस्टेलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गैराबारीका ५९ वर्षीय डम बहादुर गुरुङले सञ्चालन गरेको पोखरा पोलिटेक्निक इन्स्टिच्युटको होस्टेलमा पानीले पूर्ण क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

व्लकले बनेको टिनले छाएको १ तले होस्टलको बाँयाँ साईड र अगाडी साईडमा भासिन जाँदा होस्टलको कोठामा पूर्ण रूपमा क्षेति पुगेको शर्माले जनाए ।

  • २१ असार २०८१, शुक्रबार १४:४० प्रकाशित