मापसे गरी एम्बुलेन्स चलाएको आरोपमा पोखरा मियापाटनका अन्नजन मिया पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

पोखरा ।

मापसे गरेर एम्बुलेन्स चलाएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटनका अन्जन मिया पक्राउ परेका छन् ।

५० वर्षीय मियाले चलाएको ग २ च ७००२ नम्बरको एम्बुलेन्स तनहुँको म्याग्दे गाउँपालिकामा दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा उनले मापसे गरेको पाइएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए ।

मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएको बताइएको छ ।

  • २१ असार २०८१, शुक्रबार १०:४४ प्रकाशित