धनुषामा पोखरीमा डुबेर ३ बालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

dead

जनकपुरधाम ।

धनुषामा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा ज्यान गएको हो ।

उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • २० असार २०८१, बिहीबार १६:५६ प्रकाशित