कांग्रेसले बोलायो संसदीय दलको बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमतिमाथि छलफल हुनेछ । असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । दलको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने लेखकले बताए ।

  • २० असार २०८१, बिहीबार १६:२९ प्रकाशित