नविकरण नभएका दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स खारेज

केन्द्रभाग मिडिया

काठमाडौं ।
नविकरण नगरेको भन्दै दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ ।निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार यसरी लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन छन् ।यसैगरी असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको छ ।

त्यस्तै श्रीजंगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे के आर निर्माण सेवा, एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन, रुद्रकुमार कक्षपति निर्माण सेवा र ई–मरिण ठाकुर निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी विकन कम्पनी, आर कोमल कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन र फलोरिडा कन्स्ट्रक्सनको लाइसेन्स समेत रद्द भएको भौतिक मन्त्रालयले जनाएको छ ।पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।

  • २० असार २०८१, बिहीबार १३:२३ प्रकाशित