किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने युवक पक्राउ

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
१६ वर्षिय किशोरीलाई बन्धक बनाएर किशोरीलाई बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढीका दिपेश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाण्डौको चन्द्रागिरि नगरपालिका १२ का एक १६ वर्षिया किशोरीलाई पक्राउ परेका मगरले विगत १०÷१२ दिन देखि बन्धक बनाएर बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले मगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • २० असार २०८१, बिहीबार १३:१७ प्रकाशित