बाँकेमा चोर समाउन प्रहरीले चलायो गोली

केन्द्रभाग मिडिया

काठमाडौं ।
चोरलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । चोरी मुद्धामा ६ वर्ष सजायँ पाएका सरमानसिंह सरदारलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । बिहीबार विहान बाँकेको डुडुवा गाउँपालिका ६ शिखनपरुवामा सरदारलाई पक्राउ गर्न खोज्दा स्थानीयबासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले जानकारी दिए ।

सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीे पुगेको थियो ।तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको ती प्रहरी अधिकारीको भनाइ छ ।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय नानक सिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ ।

घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ । सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।

 

  • २० असार २०८१, बिहीबार १३:०७ प्रकाशित