पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा रहेको छ ।हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा थियो ।
यस्तै आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा थियो ।
आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ २४ पैसा र बिक्रीदर ८ रुपैयाँ २७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।















