काठमाडौं ।
संविधान संसोधनको ऐजेण्डासहित बनेको नयाँ गठबन्धनलाई दुई तिहाई मत जुटाउन माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निर्णायाक देखिएको छ । संविधान संसोधनका लागि संघीय संसदका दुर्बै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा दुई तिहाई बहुमत आवश्यक पर्छ ।
नयाँ गठबन्धनलाई प्रतिनिधिसभामा दुईतिहाइ सजिलै पुग्ने देखिए पनि राष्ट्रिय सभामा भने एकीकृत समाजवादी निर्णायक देखिएको हो । राष्ट्रिय सभामा माओवादी १८ (अध्यक्षसहित), कांग्रेस १६, एमाले १२, एकीकृत समाजवादी आठ, जसपा नेपाल तीन तथा लोसपा र जनमोर्चाका एक–एक सदस्य छन् ।
कांग्रेस, एमाले, जसपा नेपाल र लोसपा जोड्दा ३२ सांसद मात्रै हुन्छन् । ५९ सदस्यीय सभामा दुईतिहाईका लागि ४० मत चाहिन्छ । माओवादीले विपक्षमा बस्ने निर्णय गरिसकेकाले एकीकृत समाजवादीको साथ नपाएसम्म संविधान संशोधन सजिलो देखिँदैन ।
एकीकृत समाजवादीले प्रारम्भिक प्रतिक्रियामा नयाँ गठबन्धनलाई ‘अस्वभाविक’ बताएको छ । यद्यपि, अध्यक्ष माधव नेपालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्तापछि पार्टीमा छलफल गरेपछि मात्रै निर्णय दिने बताएका छन् । –नयाँ पत्रिका दैनिक