कास्कीलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै छ । आज विशेष समारोहको आयोजना गरि उक्त घोषणा गर्न लागिएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दु कुमार थापाको प्रमुख उपस्थितिमा कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

१६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गर्न लागिएको हो ।

यसअघि कास्कीका पाँच ओटै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसंगै कास्की घोषणाको बाटोमा अघि बढेको पौडेलले जानकारी दिए ।

यो घोषणासंगै कास्कीका कुनै पनि खोप लगाउने उमेर समुहका नवजात शिशु तथा बालबालिकाहरू खोपबाट वन्चित नभएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा सो समितिका सदस्य सचिव राम बहादुर नेपालीले बताए ।

  • २० असार २०८१, बिहीबार ०७:२३ प्रकाशित