नागढुंगा–नौबिसे सडक आज र भोली रातको समयमा बन्द हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नागढुंगा नौबिसे सडक खण्ड राती दुई दिन रातको समयमा बन्द हुने भएको छ ।धादिङ हुदै काठमाडौं भित्रिने मुख्य राजमार्ग त्रिभुवन राजपथमा पर्ने उक्त सडक खण्ड असार १९ आज र २० गते भोली राती १० बजेदेखि बिहान ३ बजे सम्म बन्द हुने धादिङ प्रहरीले जनाएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि दुई दिनको लागि रातको समयमा सडक बन्द गरिन लागेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ ।

  • १९ असार २०८१, बुधबार १७:३९ प्रकाशित