लामाचौरमा राति गेट  बाहिर निस्केका बालक बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको लामाचौरमा राति घरको गेट  बाहिर निस्केका बालक बेपत्ता भएका छन् । कास्की प्रहरीका अनुसार पोखरा १६ लामाचौरका रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके बेपत्ता भएका हुन् ।

पानी परिरहेको बेला राति ९ः३० बजे बालक गेटबाट बाहिर निस्किए लगत्तै बेपत्ता भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नयाव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार गेट अगाडि नाला भएकाले चिप्लिएर  खसेर बगेको हुनसक्ने आसंकामा राति देखि नै खोजी कार्य जारी रहेको छ ।

‘राति गेटबाट निस्के लगत्तै बेपत्ता भएकाले चिप्लिएर नालामा खसेको हुनसक्ने आसंका छ । आफन्त र प्रहरीले राति देखि नै खोजी कार्य जारी राखेको छ’ उनले भने ।

 

  • १९ असार २०८१, बुधबार ०८:११ प्रकाशित