८ वर्षपछि बढ्यो नूनको मूल्य, प्रति केजी ९ रुपैयाँदेखि २६ रुपैयाँसम्म

केन्द्रभाग मिडिया

पोखरा ।

आठ वर्षपछि नूनको मूल्य बढेको छ ।  साल्ट ट्रेडिङ कर्पोरेशन लि.ले नूनको मूल्य वृद्धि गरेको हो ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गए राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार अब आयोनून एक किलो प्याकेटको २३ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ ।

न्यू शक्ति नून एक किलोको १७ रुपैयाँ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले नूनमा अझै ५ रुपैयाँ घाटा रहेको बताएको छ ।

 

 

  • १९ असार २०८१, बुधबार ०७:१८ प्रकाशित