कास्कीको काँडेमा कार दुर्घटना, ३ जना घाईते

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा कार दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् ।

आज दिउँसो झण्डै १ बजेर ४५ मिनेटको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडेमा ग ३ च ५३६३ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कार चालकले नियन्त्रण गुमाउँदा कार सडकको दायाँ साईडमा पल्टिन गई दुर्घटना भएको र कारमा सवार ६ जना मध्ये ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

घाईते हुनेमा चालक जिल्ला पर्वत जलजला गाउँपालिका ६ बस्ने बर्ष ४४का सनम पुन , कुश्म १२ बस्ने बर्ष ४२ का किशोर सापकोटा र जलजला ६ बस्ने बर्ष १५ की शुशिला पुन रहेकी छिन् । उनीहरुको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

  • १८ असार २०८१, मंगलवार १६:२६ प्रकाशित