नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो । बैठकपछि नेता सन्तोष परियारले पनि कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भएकाले सरकारमा सहभागी नहुने बताए ।

  • १८ असार २०८१, मंगलवार १४:१९ प्रकाशित