राप्रपाले पनि बोलायो पदाधिकारी बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठक मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।

गएराति दुई दलबीच नयाँ सरकार बनाउने, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका विषयमा सहमति जुटेको बताइएको छ ।

  • १८ असार २०८१, मंगलवार १०:५९ प्रकाशित