पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा रहेको छ ।आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा थियो ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८ रुपैयाँ ३१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।















