सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य होइन : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् ।

उनले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका गरेका हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्रीले गरेको ब्रिफिङ उदृद् गर्दै सत्ता समीकरण लामो समय जानेगरी एमाले अध्यक्ष ओलीसँग छलफल भएको समेत उनले बताइन् ।

‘‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ ।’ मन्त्री शर्माले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन् ।

  • १७ असार २०८१, सोमबार १८:५८ प्रकाशित