काठमाडौं ।
नेकपा एमालेले पार्टीका मन्त्रीहरुलाई छलफलका लागि बालकोटमा बोलाएको भन्ने खबर सत्य नभएको जनाएको छ ।
सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार बोलाएको समाचार आइरहेका बेला अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी गराएको हो । मन्त्रीहरुलाई बालकोटमा बोलाइएको खबर सत्य नभएर अफवा भएको बताएको हो ।
‘‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको छ। तर, मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ,’ अध्यक्ष ओलीको सचिवालयले भनेको छ ।