लागू औषध सहित एक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा बिरुवा घर भइ पोखरा १४ मझेररीपाटन बस्ने ३२ वर्षिय अर्ण बहादुर थापा रहेका छन ।

लागू औषधको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ मझेरीपाटनबाट स्याङजा बिरुवा गाउँपालिका २ घर भइ हाल पोखरा १४ मझेरीपाटन बस्ने ३२ वर्षिय अर्ण बहादुर थापाको कोठाबाट लागू औषध गाँजा तीन सय ग्राम, नाईट्रोभ्याट १ सय ४४ चक्की र नगद रु.४ हजार ७ सय ८० रुपैयाँ बरामद गरेको हो ।

लागू औषध सहित पक्राउ परेका थापालाई लागू औषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • १६ असार २०८१, आईतवार १९:०६ प्रकाशित