जिम्न्याष्टिक प्रतियोगितामा कास्की च्याम्पियन

केन्द्रभाग मिडिया

पोखरा ।
तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ प्रथम हुदै कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको हो ।

पुरुष तर्फ कास्की प्रथम हुदा कान्तिपुर जिम्न्याष्टिक क्लव दोस्रो र पर्वत जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए । त्यसैगरी महिला तर्फ कास्की जिल्ला जिम्न्याष्टिक संघ प्रथम, अञ्जुली जिम्न्याष्टिक क्लव दोस्रो र स्या∙जा जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए । प्रतियोगिताको जुरीमा योगेन्द्र गुरुङ, सोमबहादुर शाही, दिल जैसी, क्या.ताराप्रसाद श्रेष्ठ र रविन्द्र तझ्याकाजी रहेका थिए ।

विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्मा, गण्डकी प्रदेश जिम्न्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङ, उपाध्यक्ष राजु केसी, खेल संयोजक तथा कोषाध्यक्ष राजु कायस्थले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेश जिम्न्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसी, खेल संयोजक तथा कोषाध्यक्ष राजु कायस्थ र सचिव प्रकाशचन्द्र सापकोटा कास्की जिल्ला जिम्न्याष्टिक संघका सचिव गौतम चौधरीले लगायतले बोलेका थिए ।

 

  • १६ असार २०८१, आईतवार १८:५७ प्रकाशित