काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीको राष्ट्रिय अधिवेशनको मञ्चबाट आफुहरु एउटै पार्टी बनाउने प्रयासमा रहेको बताएका छन् । प्रचण्डले माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको बताएका छन् ।
नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यो महाधिवेशनले एकताको दिशामा ठोस निर्णय गर्ने अपेक्षा गरे ।
उनले भने, ‘तपाईंहरुको दस्तावेजमा प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिनँ । शान्ति प्रक्रियापछि समृद्धिको नयाँ अभियान प्रचण्ड अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्दैन थियौं ।’
उनले सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।