देउवाले बोलाए पदाधिकारी बैठक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए । ‘सभापतिजीले हिजो मात्र एमाले अध्यक्ष केपी ओलीजीसँग वार्ता गरेको विषय उठ्ने नै भयो । छलफलको एजेण्डा भने पार्टीको आन्तरिक विषय हो ।’

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए । उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ ।

  • १६ असार २०८१, आईतवार १५:१३ प्रकाशित