आज देशका यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बाढी पूर्वानुमान महाशाखाले आज देशका केही नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

आइतबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

साथै इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स(सान नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको भनाई छ।

 

  • १६ असार २०८१, आईतवार १४:४२ प्रकाशित