प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेट

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको भेटले तरगं पैदा गरेसँगै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भएको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।ओली देउवाको भेटपछि आज प्रचण्ड र ओलीबीच पनि भेट वार्ता भएको हो ।

  • १६ असार २०८१, आईतवार १४:०७ प्रकाशित