गण्डकीका सांसद फणीन्द्रले फेरि लिए ऊर्जामन्त्रीको शपथ

केन्द्रभाग मिडिया

पोखरा ।

सर्वोच्चको आदेश पछि सांसद पद कायम भएका गण्डकीका सांसद फणीन्द्र देवकोटाले आज फेरि शपथ लिएका छन् ।

नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाए ।

देवकोटा कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो ।

  • १६ असार २०८१, आईतवार ११:११ प्रकाशित