पोखरा ।
स्याङजाको फेदीखोला गाउँपालिका ५ बांगेमा पहिरोले पुरिँदा आमा छोरीको ज्यान गएको छ । शुक्रबार राती परेको अविरल वर्षाका कारण दुर्गा जिटीको घर पहिरोले पुुरिँदा दुर्गा र उनकी ३ वर्षिया छोरीको ज्यान गएको हो ।
प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०÷२५ मिटर माथिबाट पहिरो खसेको थियो । ३१ वर्षीय दुर्गा र उनकी छोरी निकिसाको घटनास्थलमै मृत्यु भएको थियो ।
पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोले गोठ पुरिँदा त्यहाँ रहेको एउटा भैँसी समेत मरेको प्रहरीले जनाएको छ ।













