गण्डकीका सांसद फणीन्द्र देवकोटा आज सदन छिरे

केन्द्रभाग मिडिया

पोखरा ।

हिजो संसद प्रवेशमा रोक लगाइएका गण्डकीका सांसद फणीन्द्र देवकोटा आज(शुक्रबार) सदन प्रवेश गरेका छन् ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएपछि पदमुक्त भएका देवकोटालाई सभामुखको निर्देशनमा सदन प्रवेशमा रोक लगाइएको थियो ।सभामुख कृष्णप्रसाद धितालले सर्वोच्चको आदेश शुक्रबारको बैठकमा पढेर सुनाए ।

जेठ ३२ मा पदमुक्त भएपछि देवकोटा सर्वोच्च गएका थिए । सर्वोच्चले उनीमाथिको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको थियो ।

  • १४ असार २०८१, शुक्रबार १७:०१ प्रकाशित