मधेस मुख्यमन्त्री सतिस सिंहले असार २१ मा विश्वासको मत लिने

केन्द्रभाग मिडिया

वीरगन्ज ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जनाएको छ ।

मुख्यमन्त्री सिंहले आउने २१ गते नै विश्वासको मत लिने सरकारले तयारी गरेको बताएका छन् । उनले भने,‘हामी विश्वासको मत अझ अगाडि नै लिन्थ्यौँ, तर सत्तारुढ दल एकीकृत समाजवादीको यहीबिचमा महाधिवेशन छ । त्यो पार्टीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेका छन्, त्यसकारण हामीले उहाँहरूको आग्रहलाई मध्यनजर गर्दै २१ गते विश्वासको मत लिने तयारी गरेका छौँ ।’

संविधानको धारा १६८ ९४०अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

  • १४ असार २०८१, शुक्रबार १६:५५ प्रकाशित