लुम्लेमा परिवार नियोजन संघको बृहत्त यौनिकता शिक्षा

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीको लुम्लेमा दुई दिने बृहत्त यौनिकता शिक्षा सम्वन्धी तालिम शुरु भएको छ ।

प्रज्ञा युथ फोरमको सहयोग र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।

तालिम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर के।सीले समय परिवर्तन हुदै जादाँ जनताका आवश्यकता पनि बदलिएको उल्लेख गरे । उनले अन्नपूर्ण गाउँपालिका नेपाल परिवार नियोजन संघ कास्की सँगको सहकार्यमा स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गर्ने तयार रहेको उल्लेख गरे ।
उनले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोख्रेलले समाज रुपान्तरणका लागि युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख बलराम भुगाइँले मानिसको जीवनका लागि शिक्षा र स्वास्थ्य अत्यावश्यक रहेको बताए ।

त्यस अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालका जनसम्पर्क अधिकृत विजय त्रिपाठीले बोलेका थिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष विष्णु प्रसाद दाहालले सञ्चालन गरेका थिए ।

  • १४ असार २०८१, शुक्रबार १६:०१ प्रकाशित