पोखरा ८ जनप्रिय स्कुल पछाडी पार्किङमा राखेको रोलर मेसिशनमा आगलागी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा एक रोलर मेशिनमा आगलागी भएको छ ।

आज शुक्रबार( असार १४ गते) पोखरा महानगरपालिका वडा नम्बर ८ जनप्रिय स्कुल पछाडी प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङमा राखेको रोलरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

सिम्रन कन्ट्रक्सन प्रा.लि. महतगौडाको जेसीबी रोलर मेशिनमा अचानक आगलागी भएको भन्ने खबर आफुहरुले पाएको शर्माले जनाए । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली गई नेपाल प्रहरी र दमकलको सहयोगमा आज बिहान १ बजेर ३५ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

आगलागीबाट रोलरको फलामको भाग बाहेक पुर्ण रुपमा क्षेती भएको छ । आगलागीको कारण नखुलेको प्रहरीले बताएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ । ।

  • १४ असार २०८१, शुक्रबार १५:३७ प्रकाशित