कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालेका छौं : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् ।

जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताए । उनले नेकपा एकताका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे ।

प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए ।

  • १४ असार २०८१, शुक्रबार १०:५६ प्रकाशित