लाहाचोकमा दोस्रो हिले महोत्सव हुने

केन्द्रभाग मिडिया

हेमजा ।

त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुने भएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो ।

महोत्सवमा पुरुष फुटबल ,महिला पुरुष हिले दौड ,महिला धान रोप्ने, महिला रस्साकशी , पुरुष माछा छोप्ने ,हल गोरु दौड ,महिला पुरुष घौटो फुटाउने लगाएतका प्रतियोगिताहरु मुख्य आकर्षणको रुपमा रहेको साथै विभिन्न विधामा पुरस्कार समेत राखिएको क्लबका अध्यक्ष उमेश बाँस्तोलाले बताए ।

माछापुच्छ्रे ४ वडा कार्यालयको संरक्षणमा हुने महोत्सवमा विभिन्न उत्कृष्ट युवा किसान व्यवसायीलाई सम्मान गरिने छ ।

  • १४ असार २०८१, शुक्रबार १०:०५ प्रकाशित