संघीय कोष घाटामा छ : अर्थमन्त्री पुन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय सञ्चित कोष २ खर्ब १६ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संघीय सञ्चित कोष २ खर्ब रुपैयाँभन्दा बढीले घाटामा रहेको जानकारी गराएका हुन् ।

प्रदेश र स्थानीय तहमा २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम छ । ‘हामी प्रदेश र स्थानीय तहमा रकम पठाउने, खर्च नहुने स्थिति छ,,’ अर्थमन्त्री पुनले भने, ‘देशभरको कोषमा हेर्दा घाटामा छैन । तर संघीय कोष घाटामा छ, प्रदेश र स्थानीय तह नाफामा छन् ।’

यसरी प्रदेश र स्थानीय तहमा रहने रकमलाई व्यवस्थित गर्ने अर्थमन्त्री पुनले बताए । यसका लागि कानुन निर्माणमा सरकारले काम गर्ने तयारी गरेको पुनले बताए ।

  • १३ असार २०८१, बिहीबार १६:५९ प्रकाशित