गर्मीका कारण पाकिस्तानमा ६ दिनमा ५ सय जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

कराँची ।

बढ्दो गर्मीका कारण पाकिस्तानमा पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ । जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ ।

ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ । पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव सङ्कलन गरिएको छ ।

यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ।

  • १३ असार २०८१, बिहीबार ११:३४ प्रकाशित