प्राकृतिक प्रकोप

लमजुङ पहिरो अपडेट : बेपत्ता ३ जना मृत भेटिए

केन्द्रभाग मिडिया

यो लमजुङमा गएको पहिरोको फोटो हो

पोखरा ।

लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा बेपत्ता भएका तीन जनाको पनि ज्यान गएको छ । पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरोमामा पुरिएर बेपत्ता ३६ वर्षीया पञ्चकुमारी गुरुङ,छोरीहरु ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ । यसअघि ६७ वर्षीय रुद्रमान गुरुङको शव भेटिएको थियो । उनी हरु एकै परिवारका हुन् । पञ्चकुमारी रुद्रमानको बुहारी रहेको बताइएको छ ।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।यस्तै लमजुङको दोर्दी गाउँपालिकामा पहिरोले घर पुरिदाँ १६ वर्षीय विकल सुनारको ज्यान गएको छ ।

यो सगैं लमजुङमा पहिरोमा परी आज ५ जनाले ज्यान गुमाएका छन् ।

  • १२ असार २०८१, बुधबार १३:५९ प्रकाशित