नेपाल आइडल विजेता करण प्रधानमन्त्रीलाई भेटे, प्रचण्डले दिए गितार उपहार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ ।

प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको समेत बताएका थिए ।

शनिबार आयोजित ग्राण्ड फिनालेमा परियार विजेता बन्दै २५ लाख नगद र थुप्रै गिट्ट ह्याम्पर जितेका थिए । सामान्य परिवारबाट गायन क्षेत्रमा आएका परियारको स्वरको तारिफ हुँदै आएको छ ।

  • १२ असार २०८१, बुधबार ११:२५ प्रकाशित