आज पाउण्डको भाउ बढ्यो, युरो र डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०० पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेका छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको थियो।

आज डलर एकको खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा रहेको छ । युरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८ रुपैयाँ ३९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • १२ असार २०८१, बुधबार ११:०९ प्रकाशित