काठमाडौँ ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सम्पन्न भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो ।
अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा जुटेको र सम्भवतः आजै यो मुद्दामा फैसला आउने बताइएको छ ।
सर्वोच्चले सोमबार नै सुनुवाइ सक्ने भनेपनि कानुन व्यवसायीहरूले बहसका लागि थप समय माग गरेपछि अन्तिम समयमा मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो ।