लागू औषध कारोबारमा मेडिकल सञ्चालक सर्मिला सुनार सहित ४ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले लागू औषधको ब्यापार गर्ने साकुरा मेडिकल हलका सञ्चालिका सर्मिला सुनार सहित विभिन्न स्थानबाट अन्य चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४ खसिबजारमा साकुरा मेडिकल हल सञ्चालन गरि बस्ने ३० वर्षिय सर्मिला सुनार, पोखरा १३ बाँझापाटनका २४ वर्षिय दुध प्रसाद गुरुङ, स्याङजा भिरकोटका ३० वर्षिय साजन पौडेल र कास्की अन्नपूर्ण गाउँपालिका ३ का विरेन्द्र तुलचान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले गत असार ८ गते सांझ ७ बजे पोखरा १४ खसिबजारमा रहेका साकुरा मेडिकल हलबाट चिकित्सको प्रेप्किप्सन बिना लागूओषध टापेन्टाडोल हाइड्रोक्लोराइड ५० एमजीको सय चक्की, टापेन्टाडोल १०० एमजीको २ सय ७४ चक्की बिक्री वितरण गर्दै गरेको अवस्थामा मेडिकल पसलर्की संचालिका पोखरा १४ का सर्मिला सुनारलाई पक्रा गरी लागूू औषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

त्यसैगरी वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले गत असार ७ गते सांझ ८ बजे काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको माइक्रो बसमा सवार पोखरा १३ बाँझापाटनका २४ वर्षिय दुध प्रसाद गुरुङको झोलाबाट लागूऔषध पोलेन ४ सय ७६ ग्राम सहित फेला पारी निजलाई पक्राउ गरी लागूु औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा १७ छोरेपाटनमा चेकजाँच गर्ने क्रममा स्याङजा भिरकोट नगरपालिका १३ स्थायी घर भइ हाल पोखरा १७ नमुनाटोल बस्ने ३० वर्षिय साजन पौडेलको साथबाट टापेन्टाडोल ट्याब्लेट ३६ चक्की र एक थान मोवाइल सहित पक्राउ गरी लागू औषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरीले जनाएको छ ।

त्यस्तै असार ९ गते बिहन पख साढे तीन बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा १७ छोरेपाटनबाट सुनौलीबाट पोखरा तर्फ आउदै गरेको बसमा सवार कास्की अन्नपूर्ण गाउँपालिका ३ काँडे बस्ने बिरेन्द्र तुलाचनको साथबाट लागू औषध डाइजापाम ७३ एम्पुल, फेनेरागन ७४ एम्पुल, बुर्फिन ६८ एम्पुल गरी २ सय १५ एम्पुल लागूऔषध फेला पारी नियन्त्रणमा लिइ लागू औषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।

  • १० असार २०८१, सोमबार ०९:१५ प्रकाशित