सञ्चारिकाको डिजिटल साक्षरता अभियान

केन्द्रभाग मिडिया

पोखरा ।
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीको सहयोगमा भएको तालिमको उद्घाटन गर्दै उपसभामुख विनाकुमारी थापाले महिलाको क्षमता अभिवृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन । उनले तालिममा सिकेका कुरा दैनिक व्यवहारमा लागु गर्न आग्रह गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गरिन ।

आफु नीति निर्माण गर्ने तहमा रहेको बताउँदै उनले महिला पत्रकारको क्षमता बृद्धि गर्ने सवालमा आफुले सक्दो सहयोग गर्ने उनको भनाई थियो । उपसभामुख थापाले सञ्चारमाध्यमवाट सही सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिइन । तालिमको सहजीकरण गर्दै प्रसे काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चाराध्यमवाट प्रशारण हुने सूचना तथ्यपरक हुनुपर्ने बताइन । पछिल्लो समय नयाँ नयाँ प्रविधिको विस्तार भइरहेको बताउँदै उनले प्रविधिको सदुपयोग गर्न सके समयको बचतसँगै गुणस्तरीय कार्यसम्पादन गर्न सकिनेमा उनले जोड दिइन ।

त्यस्तै फोटो पत्रकार प्रेम थापाले फोटो ÷ भिडियो सुटिङ र सम्पादन सम्बन्धि प्रशिक्षण गरेका थिए । तालिममा विभिन्न संचारमाध्यमा कार्यरत ४० जना महिला पत्रकारको सहभागिता रहेको थियो । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको् सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेकी थिइन ।

  • ९ असार २०८१, आईतवार १९:३७ प्रकाशित