मणिपालबाट महागनरले लिनुपर्ने राजश्व छानविन गर्न समिति गठन

केन्द्रभाग मिडिया

पोखरा ।

मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजश्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।

महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

समितिमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ट इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल रहेका छन् ।

मणिपालले पोखरा महानगरलाई झण्डै साढे १४ करोड राजश्व तिर्न बाँकी

महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्र्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ राजश्व लिनुपर्ने औंल्याएको छ ।

समितिले मणिपाल शिक्षण अस्पतालबाट प्राप्त गर्नुपर्ने राजश्व कति हो त्यसको एकिन गर्ने कार्यदेश समितिले पाएको छ ।

१० चैत २०७९ बसेको महानगरको १६ औं बैठकले प्राविधिक समितिले दिएको प्रतिवेदनको आधारमा १ करोड ७५ लाख रुपैयाँ राजश्व लिएर सम्पन्न प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

त्यो निर्णयलाई पोखरा महानगरको आइतबार बसेको १५ नगरसभाले बदर समेत गरेको छ । महानगर प्रमखु धनराज आचार्यले उक्त निर्णय बदरका लागि प्रस्ताव गरेका थिए ।

 

 

  • ९ असार २०८१, आईतवार १७:४६ प्रकाशित