स्याङ्जामा बसको ठक्करबाट वृद्धको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्याङ्जाको वालिङमा बसको ठक्करबाट घाइते भएका वृद्धको ज्यान गएको छ ।

आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका-८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका-६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापालाई ठक्कर दिएको थियो ।

सोही बसमा यात्रा गरेका थापा ओर्लेर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

  • ९ असार २०८१, आईतवार १५:१४ प्रकाशित