बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको ज्यान गयो, ६ जना घाइते

केन्द्रभाग मिडिया

Symbolic picture

सुर्खेत ।

भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् ।

कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार ज्यान गएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको ज्यान गएको थियो ।

माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए ।

  • ९ असार २०८१, आईतवार १०:५३ प्रकाशित