एन प्याव्सनको विद्यालय स्तरीय हाजिर जावाफ प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा।
नेशनल प्याव्सन कास्कीको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनको यो प्रतियोगिता १८ औं संस्करण हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा डायमण्ड मोडल स्कूलका सुदर्शन पौडेल, विवेक ढुंगाना , सुजता अधिकारी, विमर्श न्यौपाने प्रथम, मर्नि· ग्लोरी एकेडेमी स्कूलका सिवानी भण्डारी, स्तुती अधिकारी, सुयोग आचार्य, साजन गिरी द्धितीय, वागमारा एकेडेमी गार्डेनका औपा भण्डारी प्रथम, रिजन थापा गौरव गौतम अञ्जीला शर्मा तृतीय, रिलायन्स पब्लिक इंगलिस स्कूलका आदर्शनारयण बराल, भूमि रानाभाट, दिपशिखा क्षेत्री, रोशिका रानाभाट सान्त्वना भएका छन् ।

त्यैगरी त्रिवेणी पब्लिक सेकेण्डरी स्कूलका सन्देश थापा, लेनिस केसी, आयुस लङगुन, प्रशान गौतम तथा चिल्डे«न एकेडेमी स्पन्दन घिमिरे, वसन्त हर्मेल, जेसुस तामाङ सेरोज गुरुङ क्रमश पाँचौ र छैटौ भएका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको सर्वा·िण विकासका लागि हाजिरी जवाफ प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

उनले हरेक युनिट सकेपछि विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने युनिटबाट प्रश्न सोध्ने वानिको विकास गर्न सकेमा विद्यार्थीमा उत्प्रेरण जाग्ने बताए । ‘विद्यार्थीहरुको सिकाईको अभिन्न अंग भनेकै हाजिरी जावफ प्रतियोगिता हो’ उनले भने,‘ हरेक युनिटसँगै जुनसुकै विषयमा पनि प्रश्न सोधेर विद्याथीको उत्प्रेरण जगाउने काम शिक्षकले गर्नुपर्दछ ।’

एन प्याव्सनक हरेक क्रियाकलाप उत्कृष्ट भएको बताउँदै उनले आगामि दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता लैजान सुझाव दिए । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विक्रम सुवुदी र सदस्य हरिराज अधिकारीले बोलेका थिए ।

  • ८ असार २०८१, शनिबार १९:१० प्रकाशित