ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् ।

बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । ४ जनाले खुकुरी प्रहार गरेको भागेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । उनको टाउको र हातमा चोट लागेको छ ।

उनको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।

  • ७ असार २०८१, शुक्रबार १६:१६ प्रकाशित