पोखरा ।
पोखरा महानगरपालिका वडा नंम्बर २५ हेमजामा आज बिहान टिपर पल्टिएको छ ।
पोखराबाट हेमजा जाँदै गरेको ग२ख ७२२ नम्बरको टिपर हेमजाको बडहरे भन्ने स्थानमा बिहान ६ः४० बजे पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
टिपर पल्टिदाँ चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ का ३० वर्षीय अक्कल श्रेष्ठ घाइते भएका छन् ।
टिपर पल्टिनुको कारण खुलेको छैन ।













