बैंकिङ कसूर मुद्दामा १ करोड भन्दा बढी जरिवाना सजाय भई फरार नयाँबजारका लक्ष्मण पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा बैंकिङ कसुर मुद्दामा १ करोड भन्दा बढी जरिवाना र ३ महिना कैद सजाय फैसला भएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्ने वर्ष ७० का लक्ष्मण गुरुङलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीमाथि २०८० साल माघ ८ गते तीन महिना कैद सजाय, १ करोड ३२ लाख जरिवाना र पिराको ५ लाख २८ हजार गरी कुल १ करोड ३७ लाख २८ हजार जरिवाना भुक्तान गर्न फैसला भएकोमा फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निजको घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराएको प्रहरीले जानकारी दिएको छ ।

  • ६ असार २०८१, बिहीबार १७:०९ प्रकाशित