पोखरा ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ,कास्कीको आर्थिक बर्ष २०८०÷८१ को स्वीकृत बार्षिक कार्यक्रमको कार्य प्रगती सहित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक बिहिबार सम्पन्न भएको छ ।
कार्यक्रममा सो परियोजनाका समन्वय तथा अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधरले कृषि क्षेत्रमा आत्मनिर्भर हुन थप आधुनिकीकरण र यान्त्रीकिकरण मजबुत बनाउन आबश्यक भएको हुँदा आगामी आर्थिक बर्षको कार्यक्रम त्यसतर्फ केन्द्रित गर्न आग्रह गरे।
पौडेलले कृषकहरू व्यावसायिक बनाउने गरि कृषि उद्यमशिलताको प्रवर्द्धन गर्ने नीति बनाउन आग्रह गर्दै बाँदर लगायतका वन्यजन्तुका कारण सृजित समस्याको न्यूनीकरण र निराकरण गर्ने योजना र कार्यक्रम निर्माण गर्न स्थानीय तह सहित सरोकारवाला कार्यालयहरूलार्इ आग्रह गरे।
पशु पन्क्षी सहित कृषि विमा कार्यक्रम थप प्रभावकारी बनाउन आग्रह गर्दै विभिन्न कृषिजन्य उत्पादनहरूमा पकेट विकास कार्यक्रम ,क्षेत्र विकास कार्यक्रममा मागमा आधारित उत्पादन र आपूर्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।उत्पादिन वस्तुहरूको बजारीकरणमा व्यवस्थित नीति बनाउन ,पशु चौपायाहरूमा सरूवा र संक्रामक रोगहरूको निदान र रोकथाममा थप प्रभावकारिता अपनाउन आग्रह गरे।
कार्यक्रममा सो कार्यालयका प्रमुख बरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कार्यालयको प्रगती विवरण पेश गर्दै सम्पादित कार्यहरू लक्ष्य अनुरूप सम्पादित भएको उल्लेख गरे ।
कार्यक्रममा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्मा , पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य , जिल्ला वन कार्यालयका डिभिजनल वन अधिकृत कोमलराज काफ्ले ,पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया ,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे ,तरकारी सुपर जोन संचालन समन्वय समिति कास्कीका संयोजक कृष्ण प्रसाद तिवारी , कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल ,परियोजनाका कृषि अधिकृत निशा कडेल सहितले आफ्नो धारणा ब्यक्त गरेका थिए ।
सो कार्यालयका समन्वय तथा अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।













